कास्कीमा ३ सहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

-


     मर्दी न्युज    
     २४ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कास्कीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिकामा दुई जना र पोखरा महानगरपालिकामा एक जनामा कोरोना देखिएको हो ।

रुपा गाउँपालिका २३ र ३२ वर्षीय पुरुष रहेका छन भने महानगरका ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा शनिवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्मा जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।

शनिबार कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिका १० जना रहेका छन् । संक्रमित वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका रहेका छन् । यस्तै हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा पनि १८, १९ र २७ वर्षिय तीन पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका एक पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ ।



Tags: