![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/05/jpurnalist-covid.jpg?fit=876%2C587&ssl=1)
पोखरा, २५ जेठ । स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भई पोखराको प्रि आइसोलेसनमा रहेका एक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रि–आईसोलेसनमा रहेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ११४ पुगेको छ ।
आइसोलेसन कक्षामा राखिएको उक्त व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको खोजपड्ताल (Contact Tracing) शुरु गरिसकेको निर्देशक शर्माले जानकारी दिए ।
यसैगरी पोखराका ६० वर्षीय कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गरेर सम्पर्कमा आएकामा कोरोना भए नभएको यकीन गर्न आइतबार ३९ जनाको स्वाब संकलन गरिएको पोखरा महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार २९ पुरुष र १० जना महिलाको स्वाब संकलन गरिएको जानकारी दिए ।
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/syangja-isolation.jpg?resize=679%2C960&ssl=1)