पोखरा, २७ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत गण्डकी प्रदेशसभा सदस्य रामजी बराल “जीवन”को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रदेश प्रमुख शेरचनले पेटको शल्यक्रिया गरी उपचाररत प्रदेशसभा सदस्य बराललाई मंगलबार भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, स्वास्थ्य लाभको कामना गरेका छन् ।
उपचारपछि प्रदेशसभा सदस्य बराल आजै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यसैबीच, प्रदेश प्रमुख शेरचनले सोही अवसरमा आफ्नो दन्त परीक्षण गराइ उपचार गराएका छन् । डा. पूर्णप्रसाद खनाल, डा. सुनिल पनेरू, सन्तोषी थापालगायतको टोलीले प्रदेश प्रमुख शेरचनको दाँतको आरसिटी गरेको हो ।
प्रदेश प्रमुख शेरचनले सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, डीन प्रा.डा. नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यसँग उपचार र अस्पतालका बारेमा जानकारी लिएका थिए ।