सुनको मूल्यमा कीर्तिमान

-


     मर्दी न्युज    
     २९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । गत आइतवारदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न शुरू गरेपछि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन–चाँदीको कारोबार पुनः सुरु गरेको थियो। गत चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रहेको थियो । साढे २ महीनापछि अर्थात् जेठ २५ गते सुनको मूल्य निर्धारण गर्दा एकैपटक १० हजार ४०० बढेर मूल्य ८७ हजार ४०० पुगेको थियो । बुधवार सुनको मूल्य प्रतितोला ८८ हजार ६०० पुगेकोमा बिहीबार एक हजार बढेर ८९ हजार ६०० पुगेको हो ।