पछिल्लो २४ घन्टामा १ सय ८७ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुग्यो

-


     मर्दी न्युज    
     २९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोभिड–१९ संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । कोरोना निको हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै कोरोना जितेर निको हुनेको संख्या ८ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । बिहीवारसम्म यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ भने नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १५ जनाको मृत्यु भएको छ ।



Tags: