पोखरा । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । शनिबार रातिको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो ।
पहिरोमा परी अझै १ जना हराएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति ८ बजेतिर गएको पहिरोमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाको शव राति नै भेटिएको थियो । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् ।
आइतबार बिहान दीपा थापा र कमला विक र प्रमिसा विक, सम्राट थापा प्रमिशा विकको शव भेटिएको छ । जेनिश विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
राति नै घटनास्थलमा पुगेको आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर खोजी र उद्धार थालेको थिए ।
घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जोखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए
दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।
राति नै घटनास्थलमा पुगेको आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर खोजी र उद्धार थालेको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए