गण्डकी प्रदेश सरकारले कृषिको लागि ३ अर्ब १६ करोड विनियोजन

-


     मर्दी न्युज    
     १ असार २०७७ मा प्रकाशित


पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को भूमिव्यवस्था, कृषि तथा सहकारी क्षेत्र कार्यक्रमको लागि ३ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।

सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले एक पालिका, एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिंदै २ अर्ब बजेट विनियोजन गरेको बताए ।
त्यस्तै सहकारी, सामुहिक, करार तथा व्यवसायिक खेतीलाई प्रोत्साहन, मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै ४ करोड २६ बजेट विनियोजन गरेको छ ।

प्रदेशले विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट क्षेत्र निर्धारण गरी स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । पशुपालन, एक सहकारी एक उत्पादन जस्ता विभिन्न कार्यक्रमलाई निरन्तरता दिंदै बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताए ।