पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ८४ करोडको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षकोभन्दा आगमी वर्षको बजेटको आकार केही बढेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो भने आगमी वर्ष २०७७/७८ को लागि ३४ अर्ब ८४ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको छ ।
पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए । वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको जनाए ।
सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने २ अर्बमध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने जनाए ।
प्रदेशले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदानमा ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदानमा ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदानबाट १ अर्ब ४९ करोड ८९ लाख र विशेष अनुदानबाट ५४ करोड तथा राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ खर्ब ५७ करोड ३७ लाख, रोयल्टी वापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख ६० हजार व्यहोर्दा ९ अर्ब न्यून हुने जनाएको छ । न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ७ अर्ब उपयोग गरिने र २ अर्ब ऋणबाट व्यहोरिने अर्थमन्त्री गुरुङले बताए ।
सोमवार प्रस्तुत गण्डकी प्रदेशको बजेटका मुख्य–मुख्य क्षेत्र