पोखरा, ३ असार । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिरकणको प्रस्तावलाई केही हेरफेर गरि बिजुलीको नयाँ महशुल दर कायम गरेको छ । आयोगले असार १ गतेदेखि नै लागू हुने गरि बिजुलीको महशुल दर समायोजन गरेको हो ।
आयोगले घरायसी ग्राहकको विद्युत् महशुल दर साविकको तुलनामा घटाएर समायोजन गरेको छ । आयोगकाअनुसार अब ५ एम्पियर लाइन लिएर मासिक न्यूनतम १० युनिटसम्म खपतगर्ने ग्राहकले निःशुल्क रुपमा बिजुली पाउने छन् । तर उनीहरुले मासिक रू.३० डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै ११ देखि २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले प्रतियुनिट रू.३ विद्युत् महशुल तिर्नुपर्ने छ । उनीहरुले डिमान्डशुल्क रू.३० तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरि २१ देखि ३० युनिटसम्म खपतगर्ने ग्राहकले रू.५० इनर्जी शुल्कसहित प्रतियुनिट रू.६÷५० पैसाका दरले विजुलीको महशुल तिर्नुपर्ने छ । साथै योभन्दा बढी विद्युत् खपत गर्नेलाई तोकिएको बमोजिम महशुल निर्धारण गरिने छ ।
आयोगले निर्धारण गरेको विद्युत महशुल दर हेनुहोस्ः