पोखरा, ८ असार । नेपाल पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयले कोभिड-१९ ( कोरोना भाइरस ) को महामारीलाई मध्यनजर गर्दै पर्यटन व्यवसाय अब कसरी संचालन गर्ने? भन्ने बारेमा सरोकारवालाहरु (होटेल, रेस्टुरेन्ट, टुर, ट्राभल, ट्रेकिङ, पर्वतारोहण लगायत)का लागि एक विस्तृत निर्देशिका (गाइडलाइन) प्रकाशन गरेको छ।
नेपाल पर्यटन बोर्डको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यता तथा पर्यटन संबद्ध विशिस्ट ब्यक्तिहरु, पर्यटन ब्यबसायिहरुको उपस्थितिमा भर्चुअल मिटिङ्ग ( Zoom Meeting) मार्फत सार्बजनिक गर्न लागिएको Operational Guideline with health protocol for Tourism Sector नाम दिइएको उक्त निर्देशिका सार्बजनिक गरिएको छ।
उक्त कार्यक्रममा बोल्ने बक्ताहरु कर्ण शाक्य तथा दिपक महतले आन्तरिक पर्यटक अनि भारत, चीन लगायतका छिमेकी देशका पर्यटक लक्षित प्याकेज तथा स्वास्थ सुरक्षाका नीतिहरु बन्नुपर्नेमा जोड दिनुभयो।
लगभग २ सय ६० जना ब्यक्तिहरुको उपस्थिति रहेको उक्त भर्चुअल मिटिङ्गमा सुरुदेखि नै प्राबिधिक गडबडी आएको थियो। जब पर्यटन मन्त्री बोल्न थाल्नुभयो तब ह्यारिस नामको ह्याकरले अस्लिल पाेर्न भिडियाे हालिदिएकोले मन्त्रीले आफ्नो भनाइ पुरा राख्न नपाउदै कार्यक्रम बन्द गरिएको थियो ।