![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/rastapati.jpg?fit=960%2C606&ssl=1)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकोमा अहिले छलफल शुरु भएको छ ।
संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाएको केही समयअघि छलफल शुरु भएको हो ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल सहभागि भएको छ । ‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/rastapati-party-neta-meeting.jpg?resize=960%2C625&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/rastapati-party.jpg?resize=960%2C640&ssl=1)