![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/Dr-Jageshwor-Gautam1.jpg?fit=1024%2C576&ssl=1)
पोखरा, ११ असार । नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । बिहीबार संक्रमित हुनेमा ४८ महिला र ३८६ जना पुरुष रहेको उनले जानकारी दिए ।
यो सँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
बिहीबारसम्म पीसीआर विधिबाट १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बिहीबारसम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् भने ८ हजार ४ सय २२ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १९ महिला र २९३ जना पुरुष गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।