पोखरा, १३ असार । गण्डकी प्रदेशमा शनिवार साँझ ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ८८ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३४ जनमा संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङमा २७, तनहुँमा ६ र पर्वतमा एक जनमा गरी ३४ जना कोरोना संक्रमित देखिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान ७ः१५ को विज्ञप्ति अनुसार ३२ जना, दिउसो ५ः१५ को विज्ञप्ति अनुसार १६ जना र राती ८ बजेको विज्ञप्ति अनुसार ३४ जना गरि शनिवार मात्रै ८२ जनामा गण्डकी प्रदेशमा नया संक्रमित थपिएका छन । त्यस्तै १ जना कर्णाली प्रदेशको गरी ८३ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना जित्नेको संख्या शनिवारसम्ममा एक सय २१ पुगेको छ । हालसम्म प्रदेशमा प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।