
काठमाडौँ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाए । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।
पछिल्लो समय अभिनेत्री शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन्। यसबीचमा केसी र शाहविरुद्ध गहिरो विवाद उत्पन्न भएको हो ।
यसअघि असार १८ गते नायिका शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै अभिनेता केसीले कलाकार संघमा पनि उजुरी दिएका थिए ।

