पोखरा, १२ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख पुग्न लागेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६१ लाख ९९ हजार ७८६ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४२ लाख ३३ हजार ७६४ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २४ लाख १९ हजार ९१ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १२ लाख ८८ हजार १०८ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४७ हजार ९१० पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ४६ हजार ९३४ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ८७ हजार ४ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या ९३ लाख ५९ हजार ८२० जना रहेको छ ।