सिद्धार्थ राजमार्गमा पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

-


     मर्दी न्युज    
     १२ साउन २०७७ मा प्रकाशित


फाइल तस्विर

बुटवल । भारी वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पहिरो खसेको छ । त्यस्तै दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ र पर्वत जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएको प्रहरीले जनाएका छन् । निरन्तर वर्षाका कारण पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीले बताए ।