सुनचाँदीको मूल्य घट्यो

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

बुधबार सुन तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर चार हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।