![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/03/gold-1.jpg?fit=1017%2C675&ssl=1)
पोखरा, १२ साउन । सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एक हजार दुई सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने ९७ हजार ६० रुपैयाँ प्रतितोला तोकेको छ । आइतबार तेजावी सुनको प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।