
पोखरा नागढुङ्गास्थित फेवासिटी अस्पतालमा बिरामीका कुरुवालाई गुणस्तरहीन खाना दिइएको पाइएको छ । बागलुङ घरभई पोखरास्थित फेवासिटी अस्पतालमा श्रीमतीलाई जचाँउन आएका रबिलाल न्यौपानेले बासी खाना दिइएको भनी गुनासो गर्दा उल्टै उनलाई क्यान्टिनका मालिकले थर्काएका छन् ।

‘बिरामीको लागि ताजा खाना माग्दा चम्चाले फुटाउन नसक्ने सारो भात दियो, यसलाई के भन्ने?’ न्यौपानेले भने, ताजा खाना र बासी हेर्दैमा छुटिन्छ नि ।’ सञ्चालकलाई खाना देखाउँदा किचनमा गएर कामदारलाई तताएर दिनुपर्ने भन्दै कराएको बाहिरै प्रष्टै सुनिएको त्यहाँ रहेका खेम गुरुङले बताए ।
त्यस्तै स्याङ्जाबाट आएका बिरामीलाई भेट्न जाँदा बासी दुनोट भेटिएको अनिता गुरुङले बताए । आफ्ना दिदीबहिनीलगायत साथीसँगै बसी खाजा खाने भनेर दुनोट माग्दा एउटा मात्र ताजा परेको र अन्य चारवटा बासी दिएको उनले गुनासो गरिन् । बासी भएकै कारण उनीहरुले दुनोटलाई नखाई त्यतिकै उठेर हिंडिन् । दुनोट चपाउनै नसकेर फिर्ता गर्न खोज्दा भने सञ्चालकले मानेन् ।
यो विषयमा बुझ्दा अस्पतालका क्यान्टिन मालिकले अस्वीकार गरे ।
