
फाइल तस्विर
वीरगञ्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५० पुगेको छ ।
अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
उनमा पुरानो मुटु रोगी समस्या देखिएको थियो ।

