लेण्डुक ल्होमीको “द एभरेष्ट” म्युजिक भिडियो भोलिबाट बजारमा

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


गितकार लेण्डुक ल्होमीको “द एभरेष्ट” बोलको म्युजिक भिडियो भोलि शुक्रबार बेलुकी ७ बजे गुरु अनलाईन टिभी च्यानलबाट सार्बजनिक हुदैछ । संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा–२ थाङमुछ्यी स्थायी घर भएका ल्होमी बिगत १५ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशील र नेपाल माउण्टेन लिडर एसोसिएसनका सदस्य पनि हुनुहुन्छ । पर्वतारोहीले भोग्नु पर्ने यथार्थ दुःख, कष्ट, रहर तथा बाध्यताहरुलाई यथार्थ रुपमा व्याख्या गरिएको उक्त गीतको शब्द, सङ्गीत र स्वर स्वयम ल्होमी कै रहेको छ भने सङ्गीत संयोजन पेमा वाङ्दी लामाले गर्नु भएको छ ।

भिडियोको छायांकन सगरमाथा आसपासका क्षेत्रहरुमा गर्ने योजना भएपनि कोभिड १९ को विश्वब्यापी महामारी र त्यसवाट सृजित विषम परिस्थितिले गर्दा पूर्णरुपमा पर्यटन क्षेत्र बन्द भएको र यात्रा गर्न सम्भब नभएकाले योजना सपनामै सिमित भएको गितकार बताउनु हुन्छ ।

जसले गर्दा गितकार ल्होमीले सगरमाथाको आरोहण क्रममा मोबाइलबाट कैद गरिएका भिडियोका क्लिपहरु र साथिभाइहरुको भिडियो संग्रह तथा केही गूगलबाट (अनुमति लिई) लिई उक्त गीतको भिडियोलाई मूर्त रुप दिनुभएको छ। युवा गीतकार गुरु भोटियाले सम्पादन गर्नु भएको यस म्युजिक भिडियोलाई गितकार ल्होमीले सम्पूर्ण श्रोतारुलाई सुनेर, हेरेर सल्लाह सुझाब दिन अनुरोध गर्नु भएको छ ।