पोखरा, १८ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या विश्वभर गरी एक करोड ६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बिहीवार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६ लाख ६२ हजार ९९३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ५ सय ४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५४ लाख ५१ हजार ३ सय ९ निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २६ लाख ८३ हजार ८९४ संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख २८ हजार ४४ जनाको मृत्यु भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १४ लाख ४८ हजार ७५३ पुगेको छ । त्यस्तै ब्राजिलमा ६० हजार ६३२ जना संक्रमणबाट ज्यान गुमाएको छ ।
त्यसै गरी तेस्रो स्थानमा रहेको रुसमा ६ लाख ५३ हजार ४७९ जना संक्रमित छन् । रुसमा कोरोना संक्रमणबाट हालसम्म ९ हजार ५२१ जनाले ज्यान गुमाएको छ ।
कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार ४९३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार ४०० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ४७ हजार ९७९ निको भएका छन् ।