इनफ इनफका अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध इनफ इज इनफका अनशनरत अस्पताल भर्ना गरिएका इसान अधिकारी र पुकार बमलाई भेटेका छन् । बिहीबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था बुझेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको काम कारवाही प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

प्रधानमन्त्रीले आफू भेट गर्न आएको भन्दै माग पूरा गर्ने बताएका थिए । उनले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण भएकाले अनसन जारी राख्नु नपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जनाए ।