थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

-


     मर्दी न्युज    
     असार २२ गते २०७७ मा प्रकाशित


पोखरा, २२ असार । नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ सय २१ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल २ लाख ५५ हजार ७ सय २८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी हालसम्म आरडीटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार १ सय १८ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा २ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।



Tags: