विश्वभर कोरोना संक्रमणबाट ५ लाख ३७ हजार बढीको मृत्यु

-


     मर्दी न्युज    
     २३ असार २०७७ मा प्रकाशित


पोखरा, २३ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलवार बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट ५ लाख ३७ हजार ४ सय १९ जनाको ज्यान गएको छ ।

त्यस्तै विश्वभर संक्रमितको संख्या एक करोड १५ लाख ८९ हजार ३८२ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ६२ लाख ७४ हजार ८ सय ४८ जना निको भएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २९ लाख ३४ हजार ४ सय ९९ संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख ३० हजार २ सय ७१ जनाको मृत्यु भएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १६ लाख २३ हजार २ सय ८४ पुगेको छ । त्यस्तै ब्राजिलमा ६५ हजार ४ सय ८७ जना संक्रमणबाट ज्यान गुमाएको छ ।

त्यसै गरी तेस्रो स्थानमा रहेको भारतमा ६ लाख ९७ हजार ४ सय १३ जना संक्रमित छन् । भारतमा १९ हजार ६ सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या ६ लाख ८६ हजार ७ सय ७७ पुगेको छ । रुसमा कोरोना संक्रमणबाट १० हजार २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । डब्लूएचओका अनुसार सोमबवार २ लाख २ हजार ५४५ कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएका थिए । शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।