सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस

-


     मर्दी न्युज    
     २३ असार २०७७ मा प्रकाशित


काठमाडौं । समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । कारवाहीसँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । कार्यदलले गिरीलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।

त्यसपछि पार्टीले उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकोमा स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले कारबाहीका लागि सिफारिश गरेको हो ।