पोखरा । म्याग्दीमा पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये धौलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा हालसम्म १९ जनाको शव फेला परेको हो । अझै १२ जना बेपत्ता छन् ।
मराङको विभिन्न बस्तीमाथिबाट खसेको पहिरोमा बेपत्ता भएका १२ जना र बिममा ७ जनाको शब भेटिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिए ।
पहिरोमा परेर घाइते भएकी एक सुत्केरी महिलालाई पोखराको मनिपाल शिक्षण अस्पतालमा ल्याइएको छ । बाँकी घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
धौलागिरी गाउँपालिका–६, कल्लेनीका ८९ जनालाई सुरक्षित स्थलमा राखिएको छ । त्यस्तै रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिए ।
धौलागिरीको मराङमा नेपाली सेनाको र प्रभु हेलीमार्फत उद्धार भैरहेको छ ।
मृतकहरुको सूची
मालिका गाउँपालिका
१. बिष्णु पौडेल
२. गौदेवी नेपाली
३. बस्ने विशेष नेपाली
४. बस्ने विर बहादुर नेपाली
५. बस्ने निजको ३ महिनाको छोरा
६. बस्ने बिष्णु नेपाली
७. बस्ने सन्दिप नेपाली
धौलागिरी गाउँपालिका
८. सुकना लामगादे
९. आशिस लामगादे
१०. आयुष लामगादे
११. आयुषा लामगादे
१२. रेश्मा सुनार
१३. मन सुनार
१४. कमला श्रीपाली
१५. सुरक्षा श्रीपाली
१६. सुरज श्रीपाली
१७. प्रकाश के.सी.