धितोपत्र बजारः नेप्सेमा सामान्य वृद्धि

-


     मर्दी न्युज    
     ३० असार २०७७ मा प्रकाशित


काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ ।

बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ ।

कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु छ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एशिया रु चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी रु तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको शेयर रु दुई करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।

मंगलवारको कारोबार अवधिमा सात ओटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

एनआईसि एशिया ब्यालेन्स फण्डको १० प्रतिशत, एनआईसि एशिया लघुवित्तको १० प्रतिशत, नबिल ब्यालेन्स फण्डको ९ दशमलव ९९ प्रतिशत, नेपाल सेवा लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, घोडीघोडा लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९० प्रतिशत र महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव ८० प्रतिशतले वृद्धि भएको हो ।

 मंगलवार समृद्धि फाइनान्सको शेयर मूल्य ६ दशमलव ६७ प्रतिशतले घटेको छ । त्यसैगरी राधी विद्युत् कम्पनीको ५ दशमलव शून्य ३ प्रतिशत र युनाइटेड फाइनान्सको ४ दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।