लमजुङमा थप २२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण २ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय आज दिउसोजारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये लमजुङका २२ जना रहेका छन् ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाए ।

आज बिहान मात्र गण्डकी प्रदेशमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २७८ पुगेको छ ।



Tags: