गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     ४ साउन २०७७ मा प्रकाशित


पोखरा, ४ साउन । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय आइतबार जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितहरु ४ जिल्लाका १२ जना रहेका छन् ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका २ जना, बागलुङका २ जना, स्याङ्जाका २ जना र म्याग्दीका ६ जना गरी १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ९० पुगेको छ ।

पर्वत, बाग्लुङ र स्याङजाका सबै व्यक्तिहरुलाई आईसोलेसनमा राखिसकिएको छ भने म्याग्दी जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ३८ पुगेको छ ।



Tags: