पहिराेले नारायणगढ मुग्लिन सडक अवरुद्ध

-


     मर्दी न्युज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

सडक पन्छाउन आज दिन भर लाग्न सक्ने हुँदा सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाइन वैल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेका छन् ।



Tags: