पोखरा, ५ साउन । नेपाल शेयर बजारमा सोमवार पनि बजार खुलेको एकै मिनेटमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेका कारण शेयर बजार २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
नेप्से परिसुचक ४ प्रतिशत बढेर १ हजार ५३९ दशमलव ३७ विन्दुमा पुगेको छ । सो अवधिमा १०६ ओटा कम्पनीको ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।