बाढीले मोवाखोला पुलमा क्षति, पृथ्वी राजमार्ग अवरूद्ध

-


     मर्दी न्युज    
     ५ साउन २०७७ मा प्रकाशित


तस्बिर स्रोत: धनबहादुर गुरूङ

चितवन । अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुर्‍याएको छ।

पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो।

धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ। सवारी साधन पुलबाट आउजाउ गर्न सक्ने अवस्था छैन।

त्यस्तै खहरे खोलाले पुल छेउमा रहेका ३ वटा घरलाई समेत क्षति पुर्याएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले जानकारी दिए । अध्यक्ष डल्लाकोटीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।



Tags: