
पोखरा, ६ साउन । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४६ लाख ४७ हजार २ सय ४६ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिकामा छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३८ लाख २३ हजार ३६९ पुगेको छ । त्यस्तै धेरै संक्रमितको सूचिको दोस्रो स्थानमा रहेको ब्राजिलमा २१ लाख १८ हजार ६४६ रहेको छ ।
त्यस्तै सबैभन्दा धेरै संक्रमितको सूचिमा तेस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ११ लाख १८ हजार २०६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ८ हजार ६३७ पुगेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा मंगलवार बिहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार ९ सय १७ पुगेको छ । त्यस्तै ब्राजिलमा ८० हजार एक सय २० पुगेको छ ।
यसैगरी धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा रहेको युकेमा ४५ हजार ३ सय ९७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभर कोरोना निको भइ घर फर्कनेको संख्या ८२ लाख २२ हजार ९७९ जना रहेको छ ।