तनहुँको नाहालमा सडक भासिदा पृथ्वीराजमार्ग अबरुद्ध

-


     मर्दी न्युज    
     ६ साउन २०७७ मा प्रकाशित


दमौली । अविरल वर्षाका कारण तनहुँको नाहालमा पक्की सडक भासिदा पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे र दमौली खण्ड मंगलवार बिहानैदेखि अबरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर १ नाहालमा पक्की सडक भत्किँदा राजमार्ग अबरुद्ध भएको छ । राजमार्गको करिब १० मिटर सडक भासिएको बन्दीपुर १ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

त्यस्तै जिल्लाको विभिन्न स्थानमा गएको पहिरोको कारण बिहानैदेखि पृथ्वीराजमार्ग अबरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले जानकारी दिए । राजमार्ग अबरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँमा सवारी साधन रोकिएका छन् ।