![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/rahat-2.jpg?fit=1024%2C768&ssl=1)
पोखरा ६ साउन । गण्डकी प्रदेशका सांसद इन्द्र धारा विष्टको पहलमा पोखराको विभिन्न स्थानमा राहत हस्तान्तरण गरिएको छ ।
हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलको सहयोगमा पोखराका विभिन्न आश्रम तथा प्राकृतिक प्रकोपवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
गुम्बाका सल्लाहकार तथा गण्डकी प्रदेशका सदस्य माननीय इन्द्र बिष्ट, गुम्वाका प्रध्यानअध्यापक ग्याचो लामा र युवा उत्प्रेरक तथा पत्रकार सुष्मा पौडेलको टोली विभिन्न आश्रम तथा सम्वन्धित स्थानका पुगेर राहत हस्तान्तरण गरेको हो ।
पहलमा पोखरा १५ का पहिरो प्रभावित तथा लक्षित बर्ग गरि ६०परिवारलाई वडा अध्यक्ष प्रकाश पौडेल सहितको जनप्रतिनिधिको सहभागीतामा वितरण गरिएको हो भने ।पोखरा पोखरा २७ लेखनाथको कृष्ण प्रणामी बृद्वा तथा वालआश्रम ,अपाङ्गता मैत्री समाज आश्रममा चामल, पोखरा वृद्व आश्रम, मानव सेवा आश्रममा तेल, नुन, दाल लगायतको खाध्यान्न सहयोग गरिएको हो ।
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/rahat.jpg?resize=1024%2C768&ssl=1)
गुम्बाका सल्लाहकार समेत रहेका विष्टले मानवीय धर्म निर्वाह गर्नका लागि सानो भएपनि पोखराका विभिन्न स्थानमा मुस्ताङको साथ हस्तान्तरण गरिएको बताए ।
गुम्बाका लामाले हालसम्म दुई सय थान प्याकेज राहत हस्तान्तरण गरिएको बताउदै पाच सय जनालाई राहत हस्तान्तरण गरिने जानकारी दिए ।
लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद कोषमा समेत नगद हस्तान्तरण गरेको छ ।भने विभिन्न स्थानमा प्राकृतिक विपद पहिरोमा परी घरपरिवार गुमाएकाहरुलाई तथा विहान वेलुका छाकटार्न धौधौ भएकालाइ राहत स्वारुप खाद्यान्न वितरण गरेको छ।