
पोखरा, २० साउन । साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज मनाइँदैछ ।
दिवङ्गत आफन्तहरुको सम्झना गर्ने तथा उनीहरुलाई आत्मशान्ति मिल्ने विश्वासस्वरुप गाइजात्रा पर्व मनाउने गरिएको छ । गाइजात्रामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन रहेको छ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव गाईजात्रा आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ ।

त्यस्तै गाइजात्रामा विभिन्न ठाउँमा कलाकारहरुले राजनीतिक दल र नेताहरुप्रति ब्यङग्य कसेर कार्यक्रम गर्ने गर्दछन् । नेताहरुमाथि व्यङग्यको झटारो हानिन्छ । कोरोना महामारीका कारण यसवर्ष पोखरामा भने औपचारिक कार्यक्रम गरिएको छैन ।
यस गाइजात्राको अवसरमा हामीले हास्यव्यङ्ग्यात्मक केही कार्टुनहरु प्रस्तुत गरेका छौं । राजेश मानन्धर र पदम घलेले तयार पारेको केही व्यङ्ग्यात्मक चित्रहरुः










