पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमण, १३० जना डिस्चार्ज

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म ६ हजार १ सय ७४ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १३० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १५ हजार एक सय ५६ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: