
पोखरा, २८ साउन । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ९६ हजार ८५० जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५१ लाख ३९ हजार ९२० पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख ५७ हजार ४७० पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २२ लाख ६८ हजार ६७५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३८ हजार ९१० पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ६४ हजार ५०२ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १ हजार ७५२ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड २४ लाख ५२ हजार २२२ जना रहेको छ ।

