सुनको भाउ एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँ घट्यो

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको महासंघले बताएको छ ।