
पोखरा । गण्डकी प्रदेशमा बिहीबार साँझ थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको साँझ ६ः३० बजेको अद्यावधिक विवरण अनुसार प्रदेशका ४ जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की, लमजुङ, पर्वत र नवलपुर जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २६ का ४९ वर्षका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै लमजुङ सुन्दरबजार नगरपालिकाका ३२ वर्षीय पुरुष, पर्वत जिल्ला पैयुँ गाउँपालिका ७ का २१ वर्षीय पुरुष र नवलपुर गैंडाकोट नगरपालिका २ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ६० पुगेको छ ।


