कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १०२ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ३१ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका कपिलवस्तु मायादेवी-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।



Tags: