
पोखरा, ३२ साउन । गण्डकी प्रदेशमा दुई जिल्लाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको आइतबार दिउँसो ३ः५० बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका २ जिल्लाका १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की र स्याङ्जा जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १५, ५, १४, १६ र ७ का १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिनेमा पोखरा १५ का ५० वर्षका महिला र पुरुष रहेका छन् । उनीहरु दुवै जना कृषि विकास बैंकका कर्मचारी हुन् ।
यस्तै पोखरा महानगरपालिकाकै ५ नं. वडाका ३७, ३८, ५२ र ६७ वर्षीया ४ जना महिलाहरु रहेका छन् । त्यस्तै वडा नम्बर ५ कै ४१, ६४ र ७५ वर्षका ३ जना पुरुष रहेका छन् ।
यस्तै पोखरा १४ का ३७ वर्षीय पुरुष, १६ का १८ वर्षीय युवक र ७ का ३० वर्षीय पुरुष रहेका छन् । १४ नम्बर वडाका साउदीबाट आएको हो भने १६ का वीरगञ्जबाट आएका हुन् ।
यसअघि आइतबारै निर्देशनालयले दुईपटक जारी गरेको विज्ञप्तिअनुसार पोखरामा आजमात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै आज मात्रै पोखरामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा नखुलेका वर्ष ४५ र ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३५ पुगेको छ । संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।


