जापानमा १०२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, ३२ साउन । जापानमा आईतबार थप १ हजार २१ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ िहालसम्म कोरोना संक्रमित संख्या ५६ हजार २ सय १४ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५६ हजार ९ सय २६ जना पुगेको एनएचकेले जनाएको छ ।


राति १० बजेसम्मको अपडेट अनुसार टोकियो, फुकुओका, ओकिनावा, खागोसिमामा दुई(दुई जना र आईची र इशिखावा प्रान्तमा एक÷एक जना गरी १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार १ सय १६ जना पुगेको छ । त्यसैगरी २ सय ३२ जना गम्भीर बिरामी छन् भने ४० हजार सात सय ३९ जना निको भएका छन्।

बढी संक्रमित मुख्य प्रान्तहरु
आईतबार टोकियोमा २ सय ६०,ओसाकामा १ सय ४७, आईचीमा ८३, खानागावामा ८० फुकुओकामा ७४ जना थपिए । टोकियोमा संक्रमित संख्या १७ हजार ७ सय १४, ओसाकामा ६ हजार ८ सय ४५, खानागावामा ३ हजार ८ सय ५३, आईचीमा ३ हजार ७ सय ४८
फुकुओकामा ३ हजार ६ सय ३३ जना पुगेको छ ।

त्यसैगरी साईतामामा ३ हजार २ सय १८, चिबामा २ हजार ४ सय ४९, ह्योगोमा १ हजार ९ सय, होक्काईदोमा १ हजार ६ सय २७, ओकिनावामा १ हजार ६ सय १८ र क्योतोमा १ हजार १ सय १९ जना पुगेको छ । साईतामामा ५६, चिबामा ४८, ह्योगोमा ३७, होक्काईदोमा आठ, ओकिनावामा ६० र क्योतोमा छ जना संक्रमित थपिए ।