कुश्मा नगरपालिकालाई आर्सेनिक एल्बम ३० वितरण

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


पोखरा, ३२ साउन । पर्वतका कुस्मा नगरपालिकालाई होमियाप्याथिक औषधी आर्सेनिक एल्बम ३० वितरण गरिएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको समन्वयमा किरण होमियो फार्मेसी रामबजारले अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको कार्यालयबाट कुश्मा नगरपालिकालाई एक कार्यक्रमका बीच निःशुल्क वितरण गरिएको हो ।

संघले नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता नवराज गुरुङमार्फत नगरपालिकाका २१ सय घरधुरीको लागि औषधी उपलब्ध गराएको हो ।

कोरोनाको महामारी चलिरहेको बेला संघले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन उक्त होमियोप्याथिक औषधी वितरण गर्दै आइरहेको छ । हालसम्म संघले एक लाख परिवारलाई उक्त आर्सेनिक एल्बम–३० वितरण गरिसकेको संघका महासचिव हर्क गुरुङले जानकारी दिए ।