
काठमाडौं, १ भदौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आज सोमवार बिहान ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।