पोखराका १ सहित गण्डकी प्रदेशमा ४ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


पोखरा, १ भदौ । गण्डकी प्रदेशमा तीन जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७३९ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा न. १७ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बौदीकालि ४ का ३५ वर्षीय पुरुषमा र स्याङ्जा वालिङ नगरपालिकाका १४ का २७ वर्षीय पुरुष र वालिङकै २ की ९ वर्षीया बालिकामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १५४९ पुगेको छ ।



Tags: