जापानमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


सन थापा
जापानमा सोमबार थप ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चारदिनपछि १ हजारभन्दा कम संक्रमित भएको हो । जापानमा संक्रमित संख्या ५६ हजार ८ सय ५७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५७ हजार ५ सय ६९ जना पुगेको एनएचकेले जनाएको छ ।

राति १० :३० बजेसम्मको अपडेट अनुसार ओसाकामा पाँच, चिबामा दुई, टोकियो, फुकुओका, ओकिनावा, खागोसिमामा, आईची, खानागावा, गिफु र मिए प्रान्तमा एक÷एक जना गरी १५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार १ सय १९ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी कूल संख्या १ हजार १ सय ३२ जना पुगेको छ । त्यसैगरी २ सय ४३ जना गम्भीर बिरामी छन् भने ४१ हजार ८ सय ५५ जना निको भएका छन्।

बढी संक्रमित प्रान्तहरू
११ दिनपछि टोकियोमा २ सयभन्दा कम १ सय ६१ जना संक्रमित थपिए ित्यसैगरी ओसाकामा १४ दिनपछि १ सय भन्दाकम ७१ जना थपिए । खानागावामा ५१, आईचीमा ४३, फुकुओकामा ५० जना थपिए । टोकियोमा संक्रमित संख्या १७ हजार ८ सय ७५,ओसाकामा ६ हजार ९ सय १६, खानागावामा ३ हजार ९ सय तीन, आईचीमा ३ हजार ७ सय ९१, फुकुओकामा ३ हजार ६ सय ८३ जना पुगेको छ ।

त्यसैगरी साईतामामा ३५, चिबामा ३२, ह्योगोमा २४, होक्काईदोमा पाँच, ओकिनावामा ३८ र क्योतोमा १९ जना संक्रमित थपिए । साईतामामा ३ हजार २ सय ५३, चिबामा २ हजार ४ सय ८१, ह्योगोमा १ हजार ९ सय २४, ओकिनावामा १ हजार ६ सय ५६, होक्काईदोमा १ हजार ६ सय ३२, र क्योतोमा १ हजार १ सय ३८ जना पुगेको छ ।