विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


काठमाडौं ।  कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ।  केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेको हो।

होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नुपर्ने केन्द्रको पत्रमा उल्लेख छ। केन्द्रको निर्णयअनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकाल स्थगित भएका छन्।

पछिल्लो समय कोरोना संक्रमण बढ्नुका साथै कतिपय स्थानीय तहले निषेधित क्षेत्र घोषणा गरेकाले उडान रोक्ने व्यवस्था गर्न सहसचिव विष्णुराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। होटल क्वारेन्टाइन सुनिश्चित भएपछि मात्रै उडान स्वीकृति दिने भनिएको छ।