धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।

यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा पहिलो मृत्यु सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको भएको थियो ।



Tags: